संवैधानिक नियुक्ति लिएकाले वक्तव्य जारी गर्नु गलत : वरिष्ठ अधिवक्ता दाहाल
बिहीबार, ०२ मङ्सिर २०७८, १२ : १६
वरिष्ठ अधिवक्ता हरिहर दाहालले संवैधानिक नियुक्ति लिएकाहरुले वक्तव्य जारी गर्नु गलत भएको जनाएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले संवैधानिक नियुक्ति लिएकाहरुले वक्तव्य जारी गर्नु किमार्थ स्वीकार्य नहुने बताए ।
उनले नेपाल बार एशोसिएशनले गर्दै आएको विरोध कार्यक्रमको विपक्षमा उभिएका र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका कानुन व्यवसायीलाई न्यायालयको मन्दिरले सराप्ने चेतावनीसमेत दिए ।
उनले ३ हजारभन्दा बढी कानुन व्यवसायीलाई काठमाडौंमै भेला गर्दै सम्मेलन आयोजना गर्नुपर्ने खाँचोसमेत औंल्याए । उनले भने, ‘यहीँ काठमाडौंमा देशभरबाट तीन हजारभन्दा बढी साथीहरुलाई जम्मा गरेर सम्मेलन गरौं र सडकमा उतारेर प्रदर्शन गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण