संवैधानिक नियुक्ति लिएकाले वक्तव्य जारी गर्नु गलत : वरिष्ठ अधिवक्ता दाहाल
बिहीबार, ०२ मङ्सिर २०७८, १२ : १६

वरिष्ठ अधिवक्ता हरिहर दाहालले संवैधानिक नियुक्ति लिएकाहरुले वक्तव्य जारी गर्नु गलत भएको जनाएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले संवैधानिक नियुक्ति लिएकाहरुले वक्तव्य जारी गर्नु किमार्थ स्वीकार्य नहुने बताए ।
उनले नेपाल बार एशोसिएशनले गर्दै आएको विरोध कार्यक्रमको विपक्षमा उभिएका र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका कानुन व्यवसायीलाई न्यायालयको मन्दिरले सराप्ने चेतावनीसमेत दिए ।
उनले ३ हजारभन्दा बढी कानुन व्यवसायीलाई काठमाडौंमै भेला गर्दै सम्मेलन आयोजना गर्नुपर्ने खाँचोसमेत औंल्याए । उनले भने, ‘यहीँ काठमाडौंमा देशभरबाट तीन हजारभन्दा बढी साथीहरुलाई जम्मा गरेर सम्मेलन गरौं र सडकमा उतारेर प्रदर्शन गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न