बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बारको उद्घोष

प्रधानन्यायाधीशको सम्पत्ति छानबिन गर्न न्यायाधीशसँग छलफल
मङ्गलबार, ३० कात्तिक २०७८, १५ : ४३
मङ्गलबार, ३० कात्तिक २०७८

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । मंगलबार आयोजित धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधबारबाट सुरु हुने तेस्रो चरणको आन्दोलन सशक्त बनाउने उद्घोष गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसङ्गति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको जिकिर गरे । उनले भने, ‘हाम्रो ठहर के हो भने न्यायपालिका भित्र विसङ्गति, विकृति र भ्रष्टाचार छ । त्यसको संरक्षण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नुभएको छ । त्यस कारण उहाँको राजीनामाबाट मात्रै सुधारका कदमहरू अघि बढ्न सक्छन्, त्यसैले उहाँको राजीनामा नआएसम्म हाम्रो आन्दोलन जारी रहन्छ, भोलिबाट सशक्त रूपमा तेस्रो चरणको आन्दोलन हुनेछ, त्यसका लागि हामी बैठक बसिरहेका छौँ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको पनि खुलासा गरे । उनले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । मंगलबार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप