सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का (तस्बिरहरु)

सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।
बार एशोसिएसनले केही दिन यता दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ । सोही क्रममा मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो ।
प्रहरीसँगको धक्कमधक्काका बीच कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गरेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको प्रदर्शन जारी रहने बताउँदै आएका छन् ।
बार एशोसिएसनले इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीशमाथि राजीनामाका लागि दबाब बढाएको छ भने प्रधानन्यायाधीशले बार एशोसिएशनलाई वार्ताका लागि आह्वान गरेका छन् । बारले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने अडान राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित