सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का (तस्बिरहरु)
सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।
बार एशोसिएसनले केही दिन यता दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ । सोही क्रममा मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो ।
प्रहरीसँगको धक्कमधक्काका बीच कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गरेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको प्रदर्शन जारी रहने बताउँदै आएका छन् ।
बार एशोसिएसनले इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीशमाथि राजीनामाका लागि दबाब बढाएको छ भने प्रधानन्यायाधीशले बार एशोसिएशनलाई वार्ताका लागि आह्वान गरेका छन् । बारले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने अडान राखेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण