शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हैजाविरुद्धको साढे २ लाख खोप आज नेपाल आउँदै

आइतबार, २८ कात्तिक २०७८, १५ : ४०
आइतबार, २८ कात्तिक २०७८

कपिलबस्तुमा हैजा फैलिएको एक महिनापछि कोलेर खोप आज काठमाडौंमा आइपुग्ने भएको छ । युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट २ लाख ५२ हजार ३६३ मात्रा खोप आइतबार काठमाडौं आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।

 आज दिउसो ३.१५ मा काठमाडौं आइपुग्ने   हैजाविरुद्धको खोप विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा ल्याउन लागिएको हो । कपिलवस्तुको चार नगरपालिका कृष्णनगर, महाराजगञ्ज, शिवराज तथा विजय नगरपालिका र यशोधारा गाउँपालिका, हैजाका प्रभावित जनतालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप