सर्वोच्चमा कानुन व्यवसायी भर्सेस प्रहरी, तस्बिरमा हेर्नुहोस्
आइतबार, २८ कात्तिक २०७८, १० : ३७

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो।
बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रहरी र कानुन व्यवसायीबीच केही बेर घम्साघम्सीसमेत परेको थियो । यसअघि शुक्रबार भएको धर्नामा पनि तनावको अवस्था सिर्जना भएको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने