नुरप्रसाद अधिकारीसहित बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ
आइतबार, २८ कात्तिक २०७८, १० : ३०
सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।
कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका थिए ।
प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन बाक्लिँदो छ भने प्रधानन्यायाधीश पक्षधरको पनि आन्दोलन देखिन थालेको छ ।

न्यायालय शुद्धीकरण जरुरी रहेको र प्रधानन्यायाधीशले सेटिङ गरिरहेको तथा उनले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार चरणबद्ध आन्दोलनमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण