शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा कानुन व्यवसायी भर्सेस प्रहरी, तस्बिरमा हेर्नुहोस्

आइतबार, २८ कात्तिक २०७८, १० : ३७
आइतबार, २८ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो। 

बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रहरी र कानुन व्यवसायीबीच केही बेर घम्साघम्सीसमेत परेको थियो । यसअघि शुक्रबार भएको धर्नामा पनि तनावको अवस्था सिर्जना भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप