आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतमा प्रहरी हस्तक्षेप

शुक्रबार, २६ कात्तिक २०७८, १० : ३१
शुक्रबार, २६ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । 

त्यसक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यावसायीबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्नामा बसेका छन् ।

नेपाल बारमा भेला भएका कानुन व्यवसायीहरु सर्वोच्चमा धर्नाका लागि पुगेका थिए । सो क्रममा उनीहरुले  ‘असक्षम अनैतिक प्रधान्यायाधीश राजीनामा देऊ’ लेखिएको पर्चा छातीमा टाँसेर प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका थिए । 

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध भन्दै नेपाल बार आन्दोलित बनेको हो । उनीहरुले प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप