बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च परिसरमा बारको नाराबाजी, झडपमा ६ वकिल घाइते

बिहीबार, २५ कात्तिक २०७८, १२ : ३३
बिहीबार, २५ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ वकिल घाइते भएका छन् । 

घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ ।  बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको थियो । 

सो क्रममा उनीहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए । ​

पूर्वघोषित कार्यक्रमअनुसार वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको थियो । जसअनुसार वकिलहरू कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप