आजदेखि देशभर जनगणना सुरु
![आजदेखि देशभर जनगणना सुरु](https://rpcdn.ratopati.com/media/albums/janaganarna_qq6OpkeLEQ.jpeg)
राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ ।
हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।
एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिन लागेको हो । ९ः ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको गणना गरी जनगणनाको प्रारम्भ गरिने कार्यक्रम छ । यस्तै प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ ।
सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
-
पार्क गरेर राखिएको विमानलाई अर्को विमानले ठक्कर दिएपछि...
-
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेट देउवा र ओलीलाई
-
भविष्यको बारेमा प्रश्न सोधिएपछि रिसाए रोहित शर्मा
-
गोलभेँडादेखि आलु-प्याजसम्मको मूल्यसूची हेर्नुहोस्
-
करोड ९९ लाख लागतमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने