शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जनगणनामा सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह

बिहीबार, २५ कात्तिक २०७८, ०८ : ५५
बिहीबार, २५ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। आजबाट राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा विहीबार बिहान भिडिओ सन्देशमार्फत प्रधानमन्त्री देउवाले सबैमा यस्तो अपिल गरेका हुन् ।
 
उनले भने ,‘देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु हुँदैछ । जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकास मार्गचित्र पनि तय गर्दैछ ।’

सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म तपाई हाम्रो घरघरमा जनगणना गर्नका लागि गणकहरु आउदै हुनुहुन्छ । तपाईहरुले सही विवरण उपलब्ध गराएर राष्ट्रिको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्न काममा महत्वपूर्ण भूमिका निर्भाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’


गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन पनि देउवाको आग्रह छ । उनले सूचना गोप्य रहने पनि बताएका छन्।  ‘तपाईहरुले दिनु भएको सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन २०१५ बमोजिम गोप्य रहने भएकाले आ आफ्नो घरमा आउने गणकहरुलाई सही विवरण दिन सबैमा अनुरोध गर्दछु ।’ जनगणना तथ्यांक ७५३ स्थानीय तहको ६ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख राखिने देउवाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप