इन्जुरी समयमा दुई गोल खाँदै रोकियो एथ्लेटिको

बार्सिलोनाले तीन गोलको अग्रता गुमाउँदै सेल्टा भिगोसँग ३–३ को बराबरी खेलेको एक दिन पनि नबित्दै साबिक विजेता एथ्लेटिको म्याड्रिडले इन्जुरी समयमा ३–१ को अग्रता गुमाउँदै भ्यालेन्सियासँग ३–३ कै बराबरी खेल्न बाध्य बनेको छ ।
इन्जुरी समयको सुरुवातसम्म एथ्लेटिकोले ३–१ को अग्रता कायम राखेको थियो । तर, ह्युगो डुरोले खेलको ९२ र ९६ औँ मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई अंक बाँड्न बाध्य बनाए । खेलमा अग्रता भने एथ्लेटिकोले लिएको थियो । लुइस सुवारेजले ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा स्टेफन साभिचले आत्मघाती गोल गरे पछि भ्यालेन्सियाले एक गोल फर्कायो तर लगत्तै एन्टोनी ग्रिजमान र सिमे भर्साल्कोले दुई मिनेटको अन्तरमा गोल गर्दै एथ्लेटिकोको अग्रता फराकिलो बनाए । जीततर्फ अघि बढिरहेको एथ्लेटिकोलाई डुरोले इन्जुरी समयमा स्तब्ध बनाए । बराबरीपछि एथ्लेटिको २३ अंकसहित लिगको चौथो स्थानमा सिमित बनेको छ । भ्यालेन्सिया १७ अंकसहित लिगको १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भएर बालेन नै आए पनि फरक पर्दैन : प्रचण्ड
-
बत्ती जाँदा चिलीमा आपतकाल