६ गोलको थ्रिलरमा बार्सा रोकियो, रियल शीर्ष स्थानमा

अन्तरिम म्यानेजर सर्जी बार्जुआनको नेतृत्वमा अन्तिम खेल खेलिरहेको बार्सिलोनाले ३ गोलको अग्रता खेर फाल्दै सेल्टाभिगोसँग बराबरी खेल्न बाध्य बनेको छ । पहिलो हाफमा अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपायको गोलको मद्दतले पूर्ण नियन्त्रण बनाएको बार्सिलोनाबिरुद्ध सेल्टा भिगोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।
दोस्रो हाफको सुरुवातमा नै इयागो आसपासले एक गोल फर्काए । १६ मिनेट बाँकी छँदा नोलिटोले स्कोर ३–२ बनाए । त्यसपछि ९६ औँ मिनेटमा आसपासले अर्को गोल गर्दै टोलीलाई खेलमा फर्काए । बराबरीसँगै बार्सिलोना ला लिगाका पछिल्ला चार खेलमा जीतविहीन बन्न पुगेको छ ।
यसअघि शनिबार बार्सिलोनाले पूर्व खेलाडी ज्याभी हर्नान्डेजले नयाँ म्यानेजर नियुक्त गरेको थियो । अब उनले नवौँ स्थानमा रहेको बार्साको नेतृत्व सम्हाल्नेछन् । बार्सा शीर्ष स्थानमा रहेको टोलीभन्दा १० अंकले पछि रहेको छ ।
उता रायो भायोकानोमाथि संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ । खेलको १४ औँ मिनेटमा रियलले टोनी क्रुसको गोलमा अग्रता लिएको थियो । हाफ टाइमअघि करिम बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन करिम बेन्जेमा १५ खेलमा २२ गोलमा संलग्न रहेका छन् । यसमा उनले १४ गोल र ८ वटा गोलका अवसर सिर्जना गर्न सफल भएका छन् ।
खेलमा १३ मिनेट बाँकी छँदा रामाडेल फाल्काओले रायोका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । जीतसँगै कार्लो एन्चेलोटीको टोली २७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो