ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक महत्त्वका गढीहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै उनले नेपाली सेना यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
प्रधानसेनापति शर्माले तत्कालीन समयमा देशको रक्षा गर्न बनाइएका गढीहरु नेपालको इतिहाससँग जोडिएको भन्दै सबैले यिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक चिसापानी गढी संरक्षणमा स्थानीय तहले अग्रसरता देखाएकोमा खुशी प्रकट गरे ।
देशको भौगोलिक सीमा रक्षार्थ बनाइएका गढीहरु नेपाली सेनाको इतिहाससँग समेत सम्बन्धित रहेको भन्दै उनले विभिन्न स्थानमा रहेका यस्ता गढीको संरक्षणमा सेनाले आवश्यक भूमिका निर्वाह गर्ने बताए ।
उक्त गढी भीमफेदी गाउँपालिकाको सक्रियतामा संरक्षणका लागि पहल गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा चिसापानी गढी संरक्षण तथा पूर्वाधार आयोजनाको काम अघि बढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
हरायो चेन्नईको चमक, लगातार चौथो हार
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा