आज सर्वोच्चमा ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारका पदाधिकारीहरूको आन्दोलन र इजलास बहिस्कार बुधबार पनि जारी छ । प्रधानन्यायाधीश जबराले भने बुधबार ९ वटा बन्दी प्रत्यक्षीकरणका रिटहरु पेसीमा चढाएका छन् ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म अन्य मुद्दाहरु नहेर्ने अडानमा रहेका न्यायाधीश र वकिलहरु बन्दी प्रत्यक्षीकरण लगायत मौलिक हकसम्मबन्धी कानूनी उपचारको सन्दर्भमा भने इजलास नरोक्न सहमत भएपछि प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणका ९ वटा रिटहरु पेसीमा चढाएका हुन् ।
बुधबार पेसीमा चढेका ९ वटा बेग्लाबेग्लै रिटहरु १५ जना न्यायाधीशको बेन्चमा परेका छन् । यसैबीच सर्वोच्च अदालत अगाडि नेपाल बार एशोसिएसनले बुधबार बिहान पनि विरोध प्रदर्शन गरेको छ । उता दिउँसो माइतीघर मण्डलामा एउटा मोर्चाको नामबाट प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शनको कार्यक्रम राखिएको छ । पछिल्लो एक सातादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै न्यायिक क्षेत्र आन्दोलित बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण