आज सर्वोच्चमा ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारका पदाधिकारीहरूको आन्दोलन र इजलास बहिस्कार बुधबार पनि जारी छ । प्रधानन्यायाधीश जबराले भने बुधबार ९ वटा बन्दी प्रत्यक्षीकरणका रिटहरु पेसीमा चढाएका छन् ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म अन्य मुद्दाहरु नहेर्ने अडानमा रहेका न्यायाधीश र वकिलहरु बन्दी प्रत्यक्षीकरण लगायत मौलिक हकसम्मबन्धी कानूनी उपचारको सन्दर्भमा भने इजलास नरोक्न सहमत भएपछि प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणका ९ वटा रिटहरु पेसीमा चढाएका हुन् ।
बुधबार पेसीमा चढेका ९ वटा बेग्लाबेग्लै रिटहरु १५ जना न्यायाधीशको बेन्चमा परेका छन् । यसैबीच सर्वोच्च अदालत अगाडि नेपाल बार एशोसिएसनले बुधबार बिहान पनि विरोध प्रदर्शन गरेको छ । उता दिउँसो माइतीघर मण्डलामा एउटा मोर्चाको नामबाट प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शनको कार्यक्रम राखिएको छ । पछिल्लो एक सातादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै न्यायिक क्षेत्र आन्दोलित बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
-
३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
-
‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न
-
दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित