सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गण्डकीका कृषिमन्त्रीको सम्पत्ति : बागलुङमा पुर्ख्यौली घरजग्गा, सहकारीमा १० हजार नगद

मङ्गलबार, १६ कात्तिक २०७८, १७ : २६
मङ्गलबार, १६ कात्तिक २०७८

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सरकारी पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था भएपनि उनले मन्त्री बनेको पाँच महिनामा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

मन्त्री बुढाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सहकारीमा १० हजार रुपैयाँ मात्र वचत रहेको उल्लेख छ । मन्त्री बुढाले बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ मा २ ठाउँमा संगोलमा पुख्र्यौली जग्गा भएको उल्लेख गरेका छन् । 
माओवादी केन्द्रबाट मन्त्री बनेका बुढाले एभरेष्ट बैंकमा खाता भएको बताए पनि खातामा कति पैसा छ भन्ने खुलाएका छैनन्। उनी मन्त्री हुनुभन्दा अघि पोखरामा भाडामै बस्दै आएका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप