दीपक मनाङेसँग २२ तोला सुन, ६ करोड ऋण
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री भएको ५ महिनापछि उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू ऋणमा रहेको जनाएका हुन् । मन्त्री मनाङेले आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र मुगाको माला ८३ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले सुन वैदेशिक रोजगारी र व्यापार व्यवसायबाट कमाएको उल्लेख गरेका छन् भने मुगा पैतृक सम्पत्तिका रुपमा रहेको जनाएका छन् ।
मन्त्री मनाङेले सांसद र मन्त्री हुँदा प्राप्त गरेको १० लाख ४९ हजार ५३६ रुपैयाँ एभरेष्ट बैंक पोखरामा मौज्दात रहेको उल्लेख गरेका छन् । उनले आफूसँग कुनै पनि सवारी साधन र घर नभएको सम्पत्ति विवरणमा जनाएका छन् । मन्त्री मनाङेले संघर्ष गाईभैंसी प्रालि नामक आफ्नो फार्ममा २० वटा भैंसी र ५ वटा गाई रहेको जनाएका छन् । मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।
यसैगरी उनले मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । मकवानपुर, पदमपोखरीमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी उनले कर्म गुरुङसँग ४० लाख, रमेश रानासँग ४० लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, टासी गुरुङसँग २ करोड ३५ लाखसहित कूल ६ करोड १० लाख रुपैयाँ ऋण भएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण