न्यायाधीशहरुको बैठक : चैतसम्म काम गर्ने प्रधानन्यायाधीशको प्रस्ताव अस्वीकृत

चैत मसान्तसम्म काम गर्न दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको प्रस्ताव अन्य न्यायाधीशहरुले अस्वीकार गरेका छन् । सोमबार छलफलमा सहभागी एक न्यायाधीशका अनुसार यो वर्षको अन्तिमसम्म काम गर्न दिन प्रधानन्यायाधीशले राखेको प्रस्ताव अस्वीकार गर्ने निर्णय भएको हो ।
प्रधानन्यायाधीशले चैत मसान्तसम्म काम गर्न दिन प्रस्ताव राखेको भएपनि उक्त प्रस्ताव कपटपूर्ण रहेको न्यायाधीशहरुको ठहर छ । तर सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाई गर्ने भएका छन् ।
छलफलमा सहभागी ती न्यायाधीशका अनुसार आफूहरुले माग गरेबमोजिम नै बन्दी प्रत्यक्षीकरणको रिट मात्रै पेसीमा राखिएको र प्रधानन्यायाधीशले आफूलाई पेसी नतोकेका कारण बन्दी प्रत्यक्षीकरणको रिट हेर्ने निर्णय गरिएको हो ।
यससँगै सोमबारबाट बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीशको स्पष्ट धारणा माग, टी–ब्रेकपछि प्रधानन्यायाधीशसँग फेरि छलफल
आइतबार आफ्नो ग्रेसफूल एक्जिटको प्रस्ताव पठाएका प्रधानन्यायाधीशले त्यसका आधार र बाटो स्पष्ट नगरेका छलफलमा सहभागी न्यायाधीशले बताए । आइतबार बैठकमा सहभागी न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई आफ्नो स्पष्ट धारणा र प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।
बैठकमा सहभागी एक न्यायाधीशले भने, ‘प्रधानन्यायाधीशलाई कुल भएर रातभर सोचेर आफ्नो धारणा ल्याउन हामीले आग्रह गरेका छौँ । सायद उहाँले केही निर्णय गरेर आउनुभएको होला । अब टि ब्रेकपछि वार्ताका जिम्मा पाएका साथीहरु छलफलमा जाँदै हुनुहुन्छ । त्यसपछि सम्माननीयको धारणा आउला । अनि मात्रै कसरी जाने भन्ने निर्णय गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा