शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको निर्णय, इजलास सुरु

सोमबार, १५ कात्तिक २०७८, १४ : ०७
सोमबार, १५ कात्तिक २०७८

न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि  बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो ।

आफुहरुको माग बमोजिम नै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उक्त मुद्दाको सुनुवाई गर्ने निर्णय भएको बैठकमा सहभागी एक न्यायाधीशले बताए ।

न्यायाधीशहरुको यो निर्णय लगत्तै इजलास सुरु भएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप