सर्वोच्चमा न्यायाधीशहरुको छलफल सुरु
न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका हुन् । यसअघि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए ।
टि ब्रेकपछि न्यायाधीशहरुको छलफलमा प्रधानन्यायाधीशले ग्रेसफुल एक्जिटको प्रस्ताव पठाएपछि न्यायाधीशहरूले वार्ताका लागि तीनजना न्यायाधीशलाई पठाएका थिए । न्यायाधीशहरुको समूहले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशले खोजेको ग्रेसफुल एक्जिटको बाटोबारे कुराकानी गर्न पठाएका थिए ।
आइतबार अपरान्ह करिब साढे ४ बजे तीनजना न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग भेट गरी प्रधानन्यायाधीशको इच्छा र चाहनाबारे छलफल गरेका थिए । करिब ४५ मिनेटको छलफलपछि न्यायाधीशहरु बाहिर निस्किएका थिए । सोही छलफलको विषय, प्रधानन्यायाधीशको भनाई र आगामी कदमबारे धारणा बनाउन न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
आइतबार लामो समय बसेको विद्रोही न्यायाधीशहरुको बैठकले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने र तर प्रधानन्यायाधीशसँग ‘बेन्च सेयर’ नगर्ने निर्णय गरेका थिए । तर त्यसका लागि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोक्नुपर्ने र आफूलाई पेसी तोक्न नहुने प्रस्ताव गरेका थिए ।
न्यायाधीशहरुको माग बमोजिम नै प्रधानन्यायाधीश जबराले सोमबार बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोकेका छन् भने आफ्ना लागि पेसी तोकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
