सर्वोच्चमा आज पनि धर्ना, चोलेन्द्रले मागे ‘ग्रेसफुल एक्जिट’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।
आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरूले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरूले बेन्च बहिष्कार गरेका थिए । केही दिनदेखि बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले आइतबार बैठक बसेर प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने निष्कर्ष निकालेका थिए । यसका लागि प्रधानन्यायाधीशसँग संवाद गर्ने निर्णयसमेत न्यायाधीशहरुको आइतबारको बैठकले गरेको थियो । सो निर्णयअनुसार सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्ने न्यायाधीशहरूले बताएका छन् ।
यसैबीच आइतबार न्यायाधीशहरुको बैठकपछि केही न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरासँग भेट गरेका थिए । त्यसक्रममा प्रधानन्यायाधीशले आफू ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन) का लागि तयार रहेको सन्देश दिएको न्यायाधीशसमक्ष रिपोर्टिङ भएको स्रोतले बतायो । जबराले तत्काल राजीनामा नदिने तर केही महिनापछि राजीनामा दिएर निकास दिने प्रस्ताव अगाडि सारेको न्यायाधीशहरुको बुझाइ छ ।
यसैबीच, बार र बेन्चको विवादकै कारण सोमबार निर्णय सुनाउने भनिएको बालुवाटार जग्गा प्रकरणसम्बन्धी माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथिको निर्णय प्रक्रिया अघि बढेन । तर, सोमबारदेखि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनमाथिको सुनुवाइ भने खुल्ला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन