सर्वोच्चमा आज पनि धर्ना, चोलेन्द्रले मागे ‘ग्रेसफुल एक्जिट’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।
आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरूले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरूले बेन्च बहिष्कार गरेका थिए । केही दिनदेखि बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले आइतबार बैठक बसेर प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने निष्कर्ष निकालेका थिए । यसका लागि प्रधानन्यायाधीशसँग संवाद गर्ने निर्णयसमेत न्यायाधीशहरुको आइतबारको बैठकले गरेको थियो । सो निर्णयअनुसार सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्ने न्यायाधीशहरूले बताएका छन् ।
यसैबीच आइतबार न्यायाधीशहरुको बैठकपछि केही न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरासँग भेट गरेका थिए । त्यसक्रममा प्रधानन्यायाधीशले आफू ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन) का लागि तयार रहेको सन्देश दिएको न्यायाधीशसमक्ष रिपोर्टिङ भएको स्रोतले बतायो । जबराले तत्काल राजीनामा नदिने तर केही महिनापछि राजीनामा दिएर निकास दिने प्रस्ताव अगाडि सारेको न्यायाधीशहरुको बुझाइ छ ।
यसैबीच, बार र बेन्चको विवादकै कारण सोमबार निर्णय सुनाउने भनिएको बालुवाटार जग्गा प्रकरणसम्बन्धी माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथिको निर्णय प्रक्रिया अघि बढेन । तर, सोमबारदेखि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनमाथिको सुनुवाइ भने खुल्ला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण