शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारका कारण कट्रिना कैफले विक्की कौशलसँग विवाहको मिति घोषणा गर्न सकिरहेकी छैनन् ?

शनिबार, १३ कात्तिक २०७८, १२ : ०९
शनिबार, १३ कात्तिक २०७८

बलिउड अभिनेत्री कट्रिना कैफ निकै लामो समयदेखि आफ्नो विवाहका कारण चर्चामा छाइरहेकी छिन् । कट्रिना कैफ र विक्की कौशल निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेको बताइन्छ । उनीहरु यसै वर्ष डिसेम्बरमा विवाह गर्न लागेको चर्चा व्यापक छ । मिडिया रिपोर्ट अनुसार कट्रिना कैफ र विक्की कौशलको विवाह राजस्थानमा हुँदैछ र यसका लागि तयारी जोडतोडका साथ अघि बढिरहेको छ ।

कट्रिना कैफका प्रशंसक आखिर उनीहरुले किन विवाहबारे मुख खोलिरहेका छैनन् भनेर दङ्ग छन् । भारतीय सञ्चार माध्यम बलिउडलाइफको एक खबरलाई विश्वास गर्ने हो भने कट्रिना कैफ आफ्ना सह–कलाकार अक्षय कुमारका कारण विवाहको घोषणा गर्न सकिरहेकी छिन् ।

खासमा कट्रिना कैफ आजकाल आफ्नो नयाँ फिल्म सूर्यवंशीको प्रोमोशनमा व्यस्त छिन् । यो फिल्म दिवालीमा रिलिज हुँदैछ । फिल्म सूर्यवंशीमा अक्षय कुमार पनि छन्, जसले प्रहरी अधिकारीको भूमिका निभाइरहेका छन् । फिल्मका धेरैजसो दृश्य अक्षय कुमारमाथि छायांकन गरिएको छ जसका कारण फिल्मका निर्माता उनलाई प्रामोसनका लागि शीर्ष स्थानमा राखिरहेका छन् ।

 


खबरका अनुसार यदि कट्रिना कैफ फिल्म सूर्यवंशीको रिलिज अघि आफ्नो विवाहबारे घोषणा गर्छिन् भने मिडियाको ध्यान सूर्यवंशी र अक्षय कुमारबाट डाइभर्ट हुनेछ । यस्तोमा निर्माताले भारी क्षती व्यवहोर्नुपर्ने सम्भावना छ । विवाहका चर्चाका कारण मानिसहरु पहिला नै अक्षय कुमारभन्दा कट्रिना कैफबारे कुरा गरिरहेका छन्, त्यसैले पनि निर्माता कुनै जोखिम उठाउन चाहँदैनन् ।

फिल्म सूर्यवंशी कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो जसलाई दिवालीमा दर्शकको अगाडि ल्याइनेछ । धेरैले सूर्यवंशी सिनेमाघरमा हिट हुने अनुमान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप