बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कट्रिना–विक्की अर्को महिना विवाह गर्दै ?

बुधबार, १० कात्तिक २०७८, १२ : ०४
बुधबार, १० कात्तिक २०७८

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको सम्बन्धको खबर त धेरैजसो चर्चामा आइरहन्छ तर यी दुईले आफूहरु सम्बन्धमा रहेको खबर कहिल्यै स्वीकार गरेनन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्दैछ ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी पनि सुरु गरिसकेका छन् । स्रोतले बताएको छ, ‘कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् । उनी हाल पहिरनका लागि कपडा छानिरहेका छन् ।’

स्रोतले थपेको छ, ‘कट्रिनाले र सिल्क फेब्रिक छानेकी छिन् । कट्रिना र विक्कीको विवाह नोभेम्बर र डिसेम्बरमा हुनेछ । आफ्नो विवाहमा नायिकाले लेहेङ्गा लगाउनेछिन् ।’

स्मरण रहोस्, विवाहको खबर सार्वजनिक हुनु केही समयअघि कट्रिना र विक्कीको ‘रोका सेरेमनी’ ले असाध्यै चर्चा बटुलेको थियो । रिपोर्टका अनुसार यी दुईले गोप्य रुपमा विवाह गरेका छन् ।

विक्की र कट्रिनालाई धेरैजसो सँगै देखिन्छ । हालै यी दुईलाईै विक्की कौशलको फिल्म सरदार उधमको स्क्रिनिङमा देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप