काँग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । एक साताका लागि बेलायत प्रस्थान गरेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए ।
सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले ०७४ मा भारत भ्रमण जाँदा तत्कालीन अवस्थामा केन्द्रीय सदस्य मात्र रहेका निधिलाई कार्यवाहक सभापति तोकेका थिए । पछि ०७५ बैशाखमा देउवाले निधिलाई उपसभापति मनोनित गरेका थिए ।
यस्तै ०७६ मा जेठमा उपचारका लागि सिंगापुर जाँदा पनि देउवाले उपसभापति निधिलाई नै कार्यवाहक जिम्मेवारी दिएका थिए । तर यस पटक प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दासम्म निधिलाई कार्यवाहक जिम्मेवारी दिने कुनै संकेत थिएन ।
देउवालाई बिदाइ गर्न उपसभापति निधि त्रिभुवन विमानस्थल पुगेका थिए । उनी त्यहाँबाट फर्किएपछि मुख्यसचिव पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पत्र तयार पारेका थिए ।
पार्टी र सरकार सञ्चालनका सन्दर्भमा आन्तरिक छलफल गर्दा पछिल्लो समय देउवा निधिलाई बाइपास गरेको देखिन्छ । पार्टी र सरकार सञ्चालनमा महामन्त्री पूर्णबहादुर खड्का हाबी भएका छन् । आज निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन गरिएको ढिलाइले पनि त्यो दर्शाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
