बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

शुक्रबार, १२ कात्तिक २०७८, १२ : ५२
शुक्रबार, १२ कात्तिक २०७८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । एक साताका लागि बेलायत प्रस्थान गरेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए । 

सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले ०७४ मा भारत भ्रमण जाँदा  तत्कालीन अवस्थामा केन्द्रीय सदस्य मात्र रहेका निधिलाई कार्यवाहक सभापति तोकेका थिए । पछि ०७५ बैशाखमा देउवाले निधिलाई उपसभापति मनोनित गरेका थिए ।

यस्तै ०७६ मा जेठमा उपचारका लागि सिंगापुर जाँदा पनि देउवाले उपसभापति निधिलाई नै कार्यवाहक जिम्मेवारी दिएका थिए । तर यस पटक प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दासम्म निधिलाई कार्यवाहक जिम्मेवारी दिने कुनै संकेत थिएन ।

देउवालाई बिदाइ गर्न उपसभापति निधि त्रिभुवन विमानस्थल पुगेका थिए । उनी त्यहाँबाट फर्किएपछि मुख्यसचिव पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पत्र तयार पारेका थिए ।

पार्टी र सरकार सञ्चालनका सन्दर्भमा आन्तरिक छलफल गर्दा पछिल्लो समय देउवा निधिलाई बाइपास गरेको देखिन्छ । पार्टी र सरकार सञ्चालनमा महामन्त्री पूर्णबहादुर खड्का हाबी भएका छन् । आज निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन गरिएको ढिलाइले पनि त्यो दर्शाउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप