देउवा बेलायत जाँदा काँग्रेसको कार्यवाहक सभापति को ?
काँग्रेस सभापति सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको उम्मेदवारी कसैलाई नदिएको पाइएको छ । प्रधानमन्त्री समेत रहेका देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएपनि कार्यवाहक सभापतिको जिम्मेवारी अहिलेसम्म कसैलाई दिएका छैनन् ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएकोबारे आफूलाई जानकारी नभएको बताए । यसअघि विदेश भ्रमणमा जाँदा उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक उपसभापतिको जिम्मेवारी पाउँदै आएका थिए । उपसभापति निधिको स्रोतका अनुसार देउवाले अहिलेसम्म कार्यवाहक सभापतिको जिम्मेवारीबारे निधिलाई जानकारी दिइएको छैन ।
१४ औं महाधिवेशनमा साथ छोड्ने संकेत देखाएपछि देउवा र निधिको सम्बन्ध सुमधुर छैन । देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने निधि पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण