गृहमन्त्री खाणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।
विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।
गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री खाणले सम्हाले गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन् ।

वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा काँग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ । दोस्रो वरियतामा गृहमन्त्री खाण र तेस्रो वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकी पम्फा भुसाललाई चौंथो वरियतामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण