शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीलाई घनश्याम भुसालको चिठी : ‘डीएनए’माथि नै हमला भयो(पत्रसहित)

मेरो अनुरोध छ, दशबुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस् : भुसाल
बिहीबार, ११ कात्तिक २०७८, २० : १८
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले बिहीबार स्थायी कमिटीको बैठकमा भाग लिन पाएनन् । कोभिड–१९ कोरोनाभाइरस पोजेटिभ देखिएपछि भुसाल बैठकमा सहभागी हुन नपाएका हुन् । खोकीसहितको लक्षण देखिएपछि घरैमा आइसोलेसनमा बसेका भुसालले अध्यक्ष केपी शर्मा अहोलीसहित स्थायी कमिटीका सबै नेताहरुलाई चिठी लेखेका छन् ।

पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको भन्दै भुसालले अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले पत्रमा भनेका छन् ‘हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको साँस्कृतिक आनुवंशिकी (डीएनए) मा विकृति उत्पन्न भयो भने त्यसले पीँढी दर पीँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ । तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस् ।’

​भुसालको पत्रमा अगाडि भनिएको छ, ‘सहमति र केन्द्रीय कमिटीले गरेको निर्णयसमेत लागू नहुने, बरु लागू नहुनु नै ठीक छ जस्तो गरी हामीले सार्वजनिकरुपले बोल्ने कुराले तत्कालका लागि कसैलाई निजी वा समूहगत फाइदा हुन सक्ला, तर त्यसले समग्र पार्टीको विश्वसनीयतामा प्रश्न उठ्दै जान्छ । अरु कैयन् घटनामा पनि हामीले विश्वसनीयता प्रष्ट गर्न सकेका छैनौँ । पटक–पटक उठ्ने यस्ता प्रश्नले खुला, पारदर्शी, सहिष्णु, मूल्यआधारित आन्तरिक लोकतन्त्र र सङ्घबद्धताजस्ता सत्वले बनेको नेकपा एमालेको राजनीतिक–साँस्कृतिक आनुवंशिकीमा आक्रमण गर्छन् ।’ नेता भुसालले महाधिवेशनको आयोजना जुन किसिमले गरिएको छ, त्यो पनि सही नभएको बताएका छन् ।

महाधिवेशनमा नास्ता राम्रो भयो !

एमाले उपमहासचिव भुसालले विधान महाधिवेशनमा नास्ता राम्रो भए पनि धेरै कमजोरीहरू भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले विधान महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या, उनीहरूको खाना तथा नास्ता र हलको व्यवस्था राम्रो रहेको मूल्याङ्कन गरेका छौँ । खास गरी त्यति छोटो समय सीमाभित्र महाधिवेशनको आयोजना त्यस व्यवस्थापकीय दक्षताका साथ गरिनुको महत्त्व स्वतः स्थापित भएको छ । अर्कोतर्फ यसका केही गम्भीर कमजोरी पनि भएका छन् ।’ 

भुसालले पत्रमा भनेका छन्, ‘हाम्रोजस्तो इतिहास भएको पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय कुरा हो ।’  हेर्नुहोस् भुसालले स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीलाई सम्वोधन गरेर बुझाएको पत्र–

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप