शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मंगालको वाल भत्किएर बानेश्वरको सडकमा भ्वाङ

बिहीबार, ११ कात्तिक २०७८, १२ : ०२
बिहीबार, ११ कात्तिक २०७८


काठमाडौँको बानेश्वरको मुल सडकमा मंगालको वाल भत्किएर भ्वाङ परेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएकोले खाल्डो भएको बताएका हुन् । 

प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधहरुको चाप धेरै हुने सडक भएकोले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक हप्तामै काम सकिने जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले भने, ‘सडक भासियो भन्ने समाचार सञ्चारमाध्यममा आएपछि मंगालको वाल भत्किएको कारणले गर्दा र वर्षातको समयमा पानी धेरै आएर सबै भित्रभित्रै बगाएर खाल्डो भएको भन्ने कुरा देखियो, त्यसपछि हामीले तत्काल मंगालको काम शुरु गरेका छौँ, पहिले बनाइरहेको मंगालमा डन्डी नराखिएको, ढलान पनि नगरिएको कारणले गत वर्षात्को पानीमा धेरै पानी आएर वाललाई बगाएको भन्ने कुरा देखिएको छ, डन्डी पनि केही राखेर वाल बलियोसँग बनाउने, भित्र आरसीसी नै गर्ने भन्ने काम गरिरहेका छौँ, अब फेरि छिटो यस्तो समस्या नआओस्, सबै फिनिसिंग गर्दा एक हप्तामा काम सकिन्छ, नियमानुसार काम गरेनन् आ–आफ्नो किसिमले काम गरे, यस्ते समस्या आयो । गुणस्तर तरिकाले काम गर्दा दुःख कष्ट आउने थिएन ।’

प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकोले यो समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्ने बताए । उनले ढलानको काम गर्दा नियमानुसार नगरेको र आ आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप