बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, ११ कात्तिक २०७८, ०८ : १८
बिहीबार, ११ कात्तिक २०७८

संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ । अझै पनि संसद् सुचारु गर्नेबारे दलहरूबीच सहमति हुन सकेको छैन । तर, सर्वोच्च अदालतमा देखिएको विवादबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि सभाको बैठकलाई यसपटक चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप