शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

बुधबार, १० कात्तिक २०७८, १४ : २४
बुधबार, १० कात्तिक २०७८

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरिन् ।

उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।

उनले संस्कारयुक्त बनौँ, आपसी द्वन्द्वलाई कम गरौं भन्ने मनसायले नै आफूले ‘मार्ग प्रशस्त’ गर्ने निर्णय लिएको उनले बताइन् । उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्था अनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेशसभा बैठकलाई जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप