नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।
सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ ।
यसअघि नेपाल बारले आइतबार मात्रै प्रधानन्यायाधीशलाई भेटी सोमबारका लागि फूलकोर्टको बैठक राख्न माग गरेको थियो । बारको माग बमोजिम प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि फूलकोर्टको बैठक डाकेका थिए ।
तर सोमबारको फूलकोर्ट बैठक न्यायाधीशहरूले बहिष्कार गरेपछि सोमबार फेरि बारको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर सहजीकरण गरिदिनुपर्ने निष्कर्ष निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
