शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

सोमबार, ०८ कात्तिक २०७८, १७ : २१
सोमबार, ०८ कात्तिक २०७८

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।

सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । 

बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ । 
यसअघि नेपाल बारले आइतबार मात्रै प्रधानन्यायाधीशलाई भेटी सोमबारका लागि फूलकोर्टको बैठक राख्न माग गरेको थियो । बारको माग बमोजिम प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि फूलकोर्टको बैठक डाकेका थिए । 
तर सोमबारको फूलकोर्ट बैठक न्यायाधीशहरूले बहिष्कार गरेपछि सोमबार फेरि बारको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर सहजीकरण गरिदिनुपर्ने निष्कर्ष निकालेको हो ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप