बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीशले गरे इजलास ‘बहिस्कार’

सोमबार, ०८ कात्तिक २०७८, १५ : ११
सोमबार, ०८ कात्तिक २०७८

सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेसी तोकिए पनि इजलास नै बस्न सकेन ।  सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नैतिक प्रश्न उठेपछि  न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबार मात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश राणासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप