न्यायाधीशहरूको संयुक्त बैठक सुरू, फुलकोर्ट बैठक प्रभावित
सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो । न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ ।
यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।
प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै सुरु गर्नुपर्ने माग बारको थियो । त्यसलगत्तै प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) बोलाउने प्रतिवद्धता जनाएका थिए ।
यसैबीच सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीशहरु भने खप्तडदेखि अमेरिकासम्मको भ्रमणमा निस्किएका छन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार हाल न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा खप्तड भ्रमणमा छन् । उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार नै खप्तड भ्रमणमा निस्किएको बुझिएको छ । त्यस्तै अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् ।
न्ययायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन् । तेजबहादुर केसी र डा। कुमार चुडाल पनि विदामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण