न्यायाधीशहरूको बैठक : प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय
सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकमा सहभागी स्रोतले रातोपाटीलाई दिएको जानकारीअनुसार न्यायाधीशहरूले भोलि ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर सो कुरा राख्ने तयारी हुन् ।
‘मंगलबार ११ः३० बजे प्रधानन्यायाधीशलाई भेट्ने कुरा भयो । प्रधानन्यायाधीशसँग न्यायपालिका र वहाँबारे उठेका प्रश्नहरुबारे सोध्ने छौँ । उहाँको प्रतिक्रिया हेरेर थप कदम चाल्नेबारे निर्णय हुन्छ,’ ती स्रोतले रातोपाटीसँग भन्यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठकमा जुटेका थिए । न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ ।
यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
