सर्वोच्च अदालतमा न्यायाधीशहरूको ‘समानान्तर’ बैठक
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समग्र न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक (फूलकोर्ट ) बोलाएका छन् । तर प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु फूलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बस्ने तयारीमा छन् ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग आइतबार छलफलपछि फूलकोर्ट बोलाएका थिए । तर, प्रधानन्यायाधीशले फूलकोर्ट बैठक बोलाएलगत्तै असन्तुष्ट १४ न्यायाधीशहरूले आफुहरु अनुपस्थित हुने आइतबारै बताएका थिए । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् ।
स्रोतका अनुसार असन्तुष्ट न्यायाधीशहरू बीचको बैठक सोमबार बिहान ११ बजेपछि बस्दैछ । असन्तुष्ट न्यायाधीशहरूले इजलास बहिष्कार भने नगर्ने जनाएका छन् । प्रधानन्यायाधीश राणासँग दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी सहभागी असन्तुष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग