बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउनसक्ने नेपाल बारको चेतावनी
नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताए । उनले प्रधानन्यायाधीशले पनि छलफलका क्रममा यही कुरा राखेको उल्लेख गर्दै न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म पनि हुनसक्ने चेतावनी दिए ।
‘प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्छ भनेका छन्’, श्रेष्ठले भने, ‘न्यायालय सुधारको काम नभए पछिल्लो कदम बहिष्कारसम्म पनि हुनसक्छ । तर अहिलेनै त्यसबारेमा केही भनिहाल्न सकिँदैन ।’
छलफलका क्रममा आफूहरुले संस्थाको सुधार गर्न सकिँदैन भने प्रधानन्यायाधीशले र मार्गप्रशस्त गरिदिनुपर्ने कुरा पनि उठाएको बताए ।
उनले भने, ‘हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको न्यायालय सुधारको प्रतिवेदन अनुसार कार्यान्वयन गरियो भने धेरै समस्या समाधान हुन्छ, हामीले त्यही कुराको माग गरेका हौँ ।’ दुई दिनअघि मात्रै नेपाल बारले कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम दिएको थियो । सोही अल्टिमेटम प्रतिबद्धताको माग गर्दै बारका पदाधिकारीले आज प्रधानन्यायाधीशलाई भेटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
