अर्ली इलेक्सनबारे गठबन्धनले निर्णय गर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनले निर्णय गर्ने बताएका छन् । कैलालीको धनगढीमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले चाहेर मात्र अर्ली इलेक्सन नहुने बताए ।
बैशाखमा अर्ली इलेक्सन हुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘ बैशाखमा गर्ने कि कहिले गर्ने ? गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन । गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’
सत्तारुढ काँग्रेस र विपक्षी एमालेमा अर्ली इलेक्सनको चर्चा भइरहेका बेला गठबन्धनले निर्णय लिने बताए । यस्तै सुदूरपश्चिम प्रदेशका बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतको व्यवस्था गरिने आश्वासन दिए । बाढी–पहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने बताए ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गरिने पनि बताए । देउवाले भने, ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन । यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन् । हद भइसक्यो,’ देउवाको आक्रोश थियो ।
वडा अधिवेशन हुन बाँकी रहेका कैलालीसहित १३ जिल्लामा निर्वाचन समितिले छिट्टै अधिवेशन हुने बताए । उनले भने, ‘निर्वाचन समितिले काम गरिरहेको छ । छिट्टै अधिवेशन हुन्छ अब । यो निर्वाचन समितिले गर्ने हो ।’
काँग्रेसको १४ औं महाधिवेशन गर्ने जिम्मेवारी पार्टीको निर्वाचन समितिको हातमा रहेको बताए । १४ औं महाधिवेशन तोकिएकै मितिमा हुन्छ भनेर सोधिएको प्रश्नमा देउवाले भने, ‘राष्ट्रिय चुनाव गर्ने निर्वाचन आयोग भएजस्तै काँग्रेसको महाधिवेशन गर्न स्वतन्त्र निर्वाचन समिति छ । पार्टीको निर्वाचन कमिटीले जे निर्णय गर्छ, त्यही हुन्छ ।’
साथै देउवाले निर्वाचनको प्रक्रिया सुरु भइसकेको भन्दै बाढी–पहिराे लगायतका कारण समस्या भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




