बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे शाहरुख, छोरा गिरफ्तार भएपछिको पहिलो भेट

बिहीबार, ०४ कात्तिक २०७८, १० : ०२
बिहीबार, ०४ कात्तिक २०७८

ड्रग्स केसमा आर्थर रोड जेलमा बन्द आर्यन खानलाई भेट्न शाहरुख खान बिहिबार त्यहाँ पुगेका छन् । आर्यनको गिरफ्तारीपछि यो उनीहरुको पहिलो भेट हो । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन खानको जमानत याचिका बुधबार पुनः खारेज भयो ।

आर्यनका वकिल अमित देसाई र सतिश मानशिन्दे न्यायाधीश नितिन साम्बरेको कोर्ट रुममा जमानतका लागि पुगे तर त्यतिबेलासम्म हाईकोर्टको बेन्च उठिसकेको थियो । अब यो सुनुवाई बिहिबार हुनेछ ।

यद्यपि, उनका लागि बम्बे हाईकोर्टबाट जमानत पाउन सहज हुनेछैन किनभने अदालतमा १ नोभेम्बरदेखि दिवालीको छुट्टी छ र उनीसँग अब सात दिनको वर्किङ डेज छन् । त्यसपछि अदालत १४ नोभेम्बरमा मात्रै खुल्ला रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप