माओवादी केन्द्रले बनायो तीन आयोग, क–कसले पाए नेतृत्व ?
मङ्गलबार, ०२ कात्तिक २०७८, ११ : ५३

नेकपा माओवादी केन्द्रले केन्द्रमा तीनवटा आयोग ,ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति बनाएको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो ।
निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् भने लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडाले पाएका छन् । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति र १७५ सदस्यीय विशेष समिति पनि गठन गरेको छ । त्यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष कार्तिक ४ गते बस्ने बैठकले तोक्ने माओवादीले जनाएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला