शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६ गोलको थ्रिलरमा युनाइटेड पराजित, सिटी विजयी

शनिबार, ३० असोज २०७८, २२ : १९
शनिबार, ३० असोज २०७८

लेस्टर सिटीले खेलको अन्त्यतिर दुई गोल गर्दै किंग पावर स्टेडियममा म्यानचेस्टर युनाइटेडविरुद्ध ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । योसँगै घरेलु मैदानबाहिर लगातार ३० खेलमा अपराजित रहेको युनाइटेडको कीर्तिमानमा पूर्णविराम लागेको छ ।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । मेसन ग्रिनवुडले १९ औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, ३१ औँ मिनेटमा युरी टेलिमान्सले खेल बराबरी गरे । दोस्रो हाफमा काग्लार सोयुन्कुले लेस्टरलाई अग्रता दिलाए । चार मिनेटपछि नै सब्सटिच्युट मार्कस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

तर ५४ सेकेन्ड पछि नै जेमी भार्डीले पुनः लेस्टरलाई अग्रता दिलाए भे खेलको इन्जुरी समयमा पास्टन डाकाले गोल गर्दै लेस्टरको जीत सुनिश्चित गरे । हारसँगै युनाइटेड पाँचौ स्थानमा खस्किएको छ । लेस्टर लिगको ११ औँ स्थानमा रहेको छ ।

उता, म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोलले पराजित गरेको छ । सिटीलाई जीत दिलाउन पहिलो हाफमा बर्नान्डो सिल्भा तथा दोस्रो हाफमा केभिन डि ब्रुयनाले एक–एक गोल गरे । जीतसँगै सिटी लिगको दोस्रो स्थानमा कायम रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा सिटी मात्र १ अंकले पछि रहेको छ ।

शनिबार राति नै भएका अन्य खेलमा ब्राइटनले नर्विचनसँग बराबरी खेल्दै युनाइटेडलाई उछिनेर लिगको चौथो स्थानमा उक्लिएको छ । उता, वुल्भ्सले भने २ गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लालाई ३–२ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप