मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फर्मिन्होको ह्याट्रिकमा लिभरपुलको गोलवर्षा

शनिबार, ३० असोज २०७८, २१ : ०४
शनिबार, ३० असोज २०७८

रोबर्टो फर्मिन्होको ह्याट्रिकको मद्दतले लिभरपुलले वाटफोर्डविरुद्ध शनिबार शानदार जीत हासिल गरेको छ । नयाँ प्रशिक्षक क्लाउडियो रानिएरीको नेतृत्वमा उत्रिएको वाटफोर्ड आफ्नै घरेलु मैदानमा ५–० गोलअन्तरले पराजित भएको हो ।

लिभरपुलको उत्कृष्ट आक्रामक खेलसामु घरेलु टोली नतमस्तक बनेको थियो । खेलको आठौँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । योसँगै प्रिमियर लिगमा १ सय गोल पूरा गर्ने माने तेस्रो अफ्रिकी खेलाडी बनेका छन् । खेलको ३७ औँ मिनेटमा फर्मिन्होले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५२ औँ मिनेटमा फर्मिन्होले व्यक्तिगत दोस्रो गोल गरे भने लगत्तै मोहमद शलाहले लिभरपुलको अग्रता फराकिलो बनाए । योसँगै शलाह डिडिएर ड्रोग्बासँगै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । खेलको इन्जुरी समयमा गोल गर्दै फर्मिन्होले आफ्नो ह्याट्रिक पूरा गरे ।

लिभरपुलले यो सिजन घरेलु मैदानबाहिर खेलेका सबै ६ वटा खेलमा ३ वा सोभन्दा बढी गोल गरेको छ । यो उपलब्धि हालसम्म कुनै टोलीले हासिल गर्न सकेको छैन । जीतसँगै लिभरपुल ८ खेलबाट १८ अंक बटुल्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ । वाटफोर्ड लिगको १६ औँ स्थानमा सिमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप