साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड्ने
साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो ।
फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए ।
सात पटकको विजेता भारत सन् २००३ मा मात्र तेस्रो स्थानमा सीमित बनेको छ । टोलीले प्रतियोगिताका पछिल्ला ११ संस्करणमा विजेता या उपविजेता बनेको छ । उता, नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम