शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ'

बुधबार, २७ असोज २०७८, २१ : ११
बुधबार, २७ असोज २०७८

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका हुन् ।

नेपालले फाइनलसम्मको यात्रा गरेकोमा आफू खुसी रहेको बताउँदै उनले पछिल्ला तीन दिन निकै तनावमा गुजारेको पनि खुलासा गरे । ‘पछिल्ला तीन दिन मैले राम्रोसँग खाइन, सुत्न पनि सकिन,’ उनले भने । नेपालले पाएको पेनाल्टीको विवादबारे भने उनले सो निर्णय ठीक थियो या थिएन भनेर नबोल्ने बताए । नेपालले आज बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप