उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
आइतबार, २४ असोज २०७८, ०९ : ०४
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन् ।
यो पनि...
उनले भने, 'त्यत्तिकै विवादमा किन पर्ने ? म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।'प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बाध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ । उनले भने, 'कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।'
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलले पेस गरेका प्रतिवेदन माओवादी पदाधिकारी बैठकद्वारा अनुमोदन
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी