शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ बजार  : ग्याजेट र होम अप्लायन्स किन्दा उपहारै उपहार !

कुन सामान किन्दा के पाइन्छ ?
आइतबार, २४ असोज २०७८, ०७ : १६
आइतबार, २४ असोज २०७८

दसैँ, तिहार तथा छठ पर्व लाग्दै गर्दा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ । चाडवार्ड विशेष व्यवसायीहरूले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । यस्तोमा ब्राण्ड होस् या सपिङ सेन्टर वा अनलाइन सेवा–सबैले आ–आफ्ना तरिकाले व्यवसायिक स्कीमहरू दिइरहेका छन् । यस्ता छन् किनमेल बजारमा उपहार तथा छुट योजना  :

सामसुङ मोबाइल  : आईएमएस एसमार्टबाट सामसुङका कुनै पनि स्मार्टफोन खरिद गर्दा कम्पनीले ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भौचर जित्न सक्ने योजना ल्याएको छ । यस योजनाअन्तर्गत भाग्यशाली ९ ग्राहकलाई कम्पनीले छनोट गर्नेछ । साथै, कम्पनीले लक्ष्मी बैंकबाहेकका अन्य सबै बैंकबाट शून्य प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान किन्ने सक्ने जनाएको छ । यद्यपि, लक्ष्मी बैंकबाट भने ग्राहकहरू अधिकतम ३० प्रतिशत डाउनमेन्टमा सामान खरिद गर्न सक्नेछन् ।

रियलमी स्मार्ट फोन  : सेलफोन ब्राण्ड रियलमीले दसैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’अफर घोषणा गरेको छ । यस अफरमा रियलमीका ३ जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारमार्फत कोन्का ६४ इन्चको फोर के टीभी, कोन्का ७ केजी फ्रन्ट वासिङ मेसिन, वा रियलमी ८ प्राप्त गर्न सक्नेछन् ।

प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरूले सी११, २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकले कोन्का १८० वाट भ्याकुम क्लिनर वा कोन्का १.८ लिटरको डेलक्स राइस कुकर वा आइरन प्राप्त गर्न सक्नेछन् । योजना असोज १६ गतेदेखि सुरु भई कार्तिक ३० गते समाप्त हुने कम्पनीले जनाएको छ ।

शाओमी  : शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । शाओमीका ग्राहकहरूले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरू प्राप्त गर्नेछन् । टेलिभिजनको एमआरपी दरहरू र उनीहरूमा पाइने विशेष छुटहरू यसका साथै शाओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर अन्तर्गत मी टीभीको खरिदमा १ जना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरीदमा २ जना भाग्यशाली ग्राहकहरूले दैनिक मी ब्लूटूथ स्पिकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

भीभो  : भीभोले दसैँको उपलक्ष्यमा भीभो लक्की ड्रअभियान आयोजना सञ्चालन गरेको छ । अक्टोबर १ तारिख देखि नोभेम्बर १५ सम्म भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकले यो अभियानमा सहभागिता जनाउन सक्ने र उपहार जित्न सक्नेछन् । दसैँमा भीभो किन्ने र लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरूले उपयोगी एवं आकर्षक उपभोग्य सामाग्री जस्तै एलजीका होम एप्लाएन्सेस, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एङ्कर गेमिङ्ग हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् ।

​ब्ल्याक प्लस डेक्कर  : इलेक्ट्रोनिक्स ब्रान्ड ब्ल्याक प्लस डेक्करले दसैँ र तिहार लक्षित ‘दसैँ तिहार लक्की स्क्र्याच’ नामक योजना ल्याएको छ । जुन योजना अन्तर्गत कम्पनीले आफ्नो ब्राण्डका कुनै पनि सामानको खरिदमा ग्राहकलाई स्क्रयाच कार्ड उपलब्ध गराउने र १ लाखसम्मको हात खाली नजाने क्यास प्राइज तत्काल प्रदान गर्ने जनाएको छ ।

यसका साथै लक्की ड्र अन्तर्गत मासिक उपहारहरूमा २ जना बिजेताले ब्ल्याक प्लस डेक्करको ओएफआर ओएल हीटर र ओटीजी ओवन जित्न समेत प्रदान गर्ने जनाएको छ । बम्पर उपहारमा १ जना भाग्यशाली ग्राहकले एलजीको ९ केजी फ्रन्ट लोड वासिङ मेसिन पनि जित्न सक्नेछन् ।

लुमिनस  : लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले हालै चाडपर्वको अवसरमा लुमिनस डबल खुसीयाली अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन् र यसको साथै ग्राहकहरूले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रा मूल्य एमआरपी रकममा ५० प्रतिशत छुट सम्म पाउँन सक्नेछन् ।    

कम्पनीकाअनुसार लक्की ड्र र एक्सचेञ्ज अफर लुमिनस ब्याट्रीहरूका रेन्जहरूमा लागू हुनेछ र ग्राहकहरूले उही ब्याट्री एएचसँग एक्सचेञ्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । लक्की ड्रमा पहिलो विजेताले सामसङको ५५ इन्च स्मार्ट टीभी प्राप्त गर्नेछन्  भने दोस्रोले वान प्लस नोर्ड स्मार्टफोन, तेस्रोले हुवावे जीटी टु प्रो स्मार्ट वाच, चौंथोले सामसङको २१ लिटर कंवेक्शन माइक्रोवेव ओवन र पाँचौं हुनेले सामसङको ग्यालेक्सी ट्याब्लेट ए७ लाइट प्राप्त गर्नेछन् ।

​सीजी  : होम अप्लायन्स सीजीले दसैँ तिहार विशेष ‘यो घलाई बनाऔं सीजी स्मार्ट होम, ५५ हजारसम्मको महा बचत’ योजना ल्याएको छ । यस योजना अन्तर्गत सीजी ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । ५५ हजारसम्मको महा बचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सीजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने सीजीले जनाएको छ ।

योजना अन्तर्गत सि.जी.का कुनैपनि एल.ई.डी. टी.भी., रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुमको खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरू समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । सीजीका सामानहरू खरिद गरे पश्चात ग्राहकहरूले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सीजीएसएच टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखेर ३१००१ मा पठाउन पर्नेछ ।

‘सिभिल मलमा सपिङ गर्नेलाई टीभीएस अपाचे आरटीआर’

दसैँ तिहारमा सिभिल मलमा सपिङ गर्ने उपभोक्ताहरूलाई कम्पनीले टीभीएस अपाचे आरटीआर १६० २–भी मोटरसाइकल उपहार दिने भएको छ । उक्त मोटरसाइकल मलबाट सपिङ गर्ने एक जना भाग्यशाली ग्राहकले पाउनेछन् ।

साथै, एलजी र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरू समेत प्रदान गरिने कम्पनीले जनाएको छ । योजना असोज २४ देखि मंसिर ४ गतेसम्म चल्नेछ ।

दराज अनलाइनबाट सामान किन्दा एनटर्क स्कुटर जित्न सकिने

अनलाइन पसल दराजले पनि सामान खरिदमा बम्पर उपहार योजना ल्याएको छ । दराजबाट सामान खरिद गर्ने भाग्यशाली एक ग्राहक टीभीएस एनटर्क जित्न सक्नेछन् भने, भिन्न छुट तथा उपहार पाउने जनाएको छ ।

त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिम सुविधाले ग्राहकहरूलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ । अभियानको रस आवर, इमेज रिभिउ एन्ड वीन, नयाँ प्रयोगकर्ताको लागि भौचर, खेल क्षेत्रहरू, फलो एन्ड वीन, विक्रेता भौचर र फटाफट डिल रहेका छन् ।

प्रि–पेमेन्ट÷डेबिट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा अधिकतम २० प्रतिशत छुट दिनुका साथै विभिन्न बैंकहरूमार्फत भुक्तानी गरेमा छुट पाउने कम्पनीले जनाएको छ । दराज दसैँ धमाकामा लोकप्रिय खेल १ रुपैयाँको माध्यमबाट ग्राहकहरूले १ रुपैयाँमा पुरस्कार जित्न सकिनेछ । जसमा २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई, मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्यूरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी दसैँ धमाकामा सामसुङदेखि एप्पल फोनहरूमा विशेष छुटहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप