शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा इन्टरनेट र टीभी सेवा प्रदायकका कस्ता अफर ?

मनि ट्रान्सफरमा ‘डबलको डबलको डबल’ उपहार योजना
शनिबार, २३ असोज २०७८, ०७ : ३४
शनिबार, २३ असोज २०७८

यस वर्षको दसैँतिहारलाई केन्द्रित गर्दै नेट, इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनीहरूले आकर्षक उपहार तथा छुट योजना ल्याएका छन् । चलेका ठूला आईटी (प्रविधि) सेवा प्रदायक कम्पनी देखि सामान्य विद्युतिय सेवा प्रदायक कम्पनीहरूले समेत दसैँको मौका छोपेर सकेको उपहार योजना सार्वजनिक गरिरहेका हुन् ।

यसमा मोबाइल बैंकिङदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रि मुद्रा विप्रेषण (रेमिट्यान्स) सेवाका कम्पनीहरूले समेत उपहार योजनाहरू ल्याएका छन् । विशेषतः हामीले यहाँ तीन प्रमुख इन्टरनेटसहित टिभी सेवा प्रदाक, फोन पे र केही मनि ट्रान्सफरले ल्याएको उपहार योजनाहरूलाई समेटेका छौँ। 

यस्ता छुट तथा उपहार योजना :

वर्ल्डलिंक : इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले दसैँ तिहारको अवसरमा पुरानै मूल्यमा दोब्बर स्पीडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको छ । प्रयोगकर्ताहरूलाई मासिक ११ सय रूपैयाँमै ४० एमबीपीएसको तीव्र गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । 

यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १ हजार २०० रूपैयाँमै २ ओटा नेटटीभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत प्रदान गरेको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १ हजार ४३४ रुपैयाँ पर्नेछ । यसको अतिरिक्त कम्पनीले क्लास अनुसारको मासिक तथा अर्धवार्षिक वा वार्षिक ग्राहक बन्दा प्याकेज हेरी छुट व्यवस्था गरेको जनाएको छ । 

सुबिसु केबल नेट : सुबिसु केबल नेटले दशैं अवसरमा आफ्ना ग्राहकमाझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ । यस अफर अन्तर्गत कम्पनीले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ रूपैयाँमै अफर गरेको छ । अन्य जडान शुल्क र कर समेत सोही रकममै समावेश गरिएको कम्पनीले जनाएको छ ।
यसका साथसाथै ग्राहकहरूले वार्षिक सेवाको भुक्तानी इ–सेवामार्फत गर्दा थप एक हजार क्यास ब्याक समेत प्राप्त गर्नसक्ने कम्पनी सञ्चालकहरूले बताएका छन् । 

भायानेट : अर्को इन्टरनेट तथा केबल टीभी सेवा प्रदायक भायानेटले दसैँको अवसरमा ‘बडा दशैंमा बडा स्पीड, बडा टीभी’ योजना ल्याएको छ । दशैंमा ग्राहकहरूलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटीभी प्याकेजहरूका साथ ३२ र ५५ इन्चको एमआई एनड्रोइड टीभीमा भारी छुट दिएको छ । 

नयाँ तथा पुराना ग्राहकहरूले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन जनाएको छ ।
यसैगरी, साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटीभी प्याकेजसँगै एमआई एन्ड्रोइड टीभी बन्डल गरेको छ । यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टीभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

डिसहोम : टेलिभिजन सेवा प्रदायक डिसहोमले चाडवाड विशेष रिचार्ज कार्डमा विशेष छुट योजना ल्याएको छ । टीभीको रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिसहोम रिचार्ज गर्दा कम्पनीले ग्राहकलाई २२०० रुपैयाँसम्म अतिरिक्त बोनस प्रदान गरेको छ । 

यो योजनासँगै कम्पनीले थप इन्टरनेट ग्राहकलाई मासिक ८९९ मा १०० एमबीपीएस इन्टरनेटको साथमा ५ जि ड्युल व्यान्ड राउटरको प्याकेज समेत उपलब्ध गराउने भएको छ । साथै, डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउनेछन् भने हरेक नयाँ कलेक्सनमा ग्राहकहरूले २ हजारको ला–लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सकिने छन् ।

कनेक्ट आईपीएस : दसैँ, तिहार तथा छठ लगायतको चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आइपीएसले फन्ड ट्रान्सफर सेवा निःशुल्क गरेको छ । 

कनेक्ट आइपीएसले मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ । 

आईएमई पे : आइएमई मनी ट्रान्फरले दसैँमा डबलको डबलको डबल अफर योजना ल्याएको छ । जुन योजना अन्तर्गत दोस्रो हप्ताको विजेता समेत सार्वजनिक भइसकेको कम्पनीले जनाएको छ । यस योजना असोज १ गतेदेखि कार्तिक २६ सम्म चल्नेछ ।

आई पे : फन्ड ट्रान्सफर आई पे ले दसैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना ल्याएको छ । यस योजना असोज कम्पनीले असोज १५ गतेदेखि कार्तिक २५ गतेसम्म कम्पनीको पे मार्फत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप ५ हजार रुपैयाँ पाउने जनाएको छ । तर यसका लागि कम्तिमा दुई हजार रुपैयाँ भुक्तानी हुनुपर्ने कम्पनीले जनाएको छ । बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले दक्षिणा स्वरुप १ लाख प्राप्त गर्नेछन् ।

प्रभु मनि ट्रान्सफर : प्रभु मनि ट्रान्सफरले फेस्टिभ अफर सार्वजनिक गरेको छ । प्रभु मनि ट्रान्सफरले दसैँ, तिहार र छठको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना अन्तर्गत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्ने पनि मनि ट्रान्सफरले जनाएको छ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म संचालन हुनेछ ।

इसेवा मनि ट्रान्सफर : इसेवाले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने व्यक्तिहरू मध्येबाट एकजना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी र बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटर जित्न सक्नेछन् । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

वेस्टर्न युनियन मनि ट्रान्सफर : वेस्टर्न युनियनले दसैँ र तिहारको अवसरमा ‘क्यास उत्सव’ योजना ल्याएको छ । यो योजनामा ग्राहकहरूले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गर्न सकिनेछ ।
सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरू स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् । मंसिर ६ गते हुने बम्पर लक्की ड्रमा १ जना भाग्यशाली विजेताले ५ लाख नगद जित्न सक्नेछन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर : कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना ल्याएको छ । यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने कम्पनीले बताएको छ । 

साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागु हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप