यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् ।
त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । श्रेष्ठ यसअघि राज्यमन्त्री भएपनि अहिले क्याविनेट मन्त्री बनेकी हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका हुन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् । समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिरेका हुन् । खापुङ पनि राज्यमन्त्री हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मध्येमा पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



