शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऋतिकले आर्यनलाई समर्थन गर्दा कंगनाको तिखो जवाफ

शुक्रबार, २२ असोज २०७८, ११ : ०५
शुक्रबार, २२ असोज २०७८

ड्रग्स केसमा फसेका फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको किला अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । अक्टोबर ४ देखि आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । यसैबीच सोसल मिडियामा आर्यन खानको समर्थन र विरोधमा पोस्ट गरिँदैछन् ।

फिल्म अभिनेता ऋतिक रोशनले आर्यन खानको हौसला बढाउनका लागि इन्स्टाग्राममा एउटा पोस्ट गर्दा त्यसको केही बेरपछि नै कंगना रनौतले पनि यसमाथि प्रश्न उठाउँदै एउटा पोस्ट गरिन् ।​कंगनाले इन्स्टाग्राममा स्टोरी राख्दै लेखिन्, ‘अब सबै माफिया पप्पू आर्यन खानलाई बचाउन आइरहेका छन् ।’

 


उनले थप लेखेकी छिन्, ‘हामी गल्ती गर्छौं तर हामीले त्यसको महिमामण्डन गर्नु हुँदैन । मलाई लाग्छ कि यसले आर्यनलाई दृष्टिकोण दिनेछ र उनले आफूले गरेको कामको परिणामबारे सोच्न सक्नेछन् । आशा गर्छु कि उनले योबाट शिक्षा लिनेछन् र एक उत्कृष्ट व्यक्ति बन्नेछन् ।’

कंगना थप्छिन्, ‘जब कोही कमजोर स्थितिमा हुन्छन् तब उनीहरुबारे चर्चा नगर्नु नै राम्रो हो तर जब तपाईं उनीहरुलाई केही गलत नै गर्नुभएको छैन भन्नुहुन्छ भने यो आपराधिक हो ।’

सोसल मिडियामा आर्यन खानको रिहाइका लागि पनि ट्रेन्ड चलाइँदै छ । धेरै मानिस यस्ता पनि छन् जसले आर्यन खान ठूला स्टारको छोरा भएको भन्दैमा यसको अर्थ उनी कानूभन्दा माथि नभएको तर्क दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप