शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यनको नाममा ऋतिक रोशनले लेखे खुला पत्र

बिहीबार, २१ असोज २०७८, १६ : ४५
बिहीबार, २१ असोज २०७८


क्रुज ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानको गिरफ्तारीपछि सेलिब्रिटी उनको परिवारको समर्थनमा उत्रिएका छन् । अब ऋतिक रोशनको नाम पनि यो सूचीमा समावेश भएको छ । ऋतिकले आर्यनको  समर्थनमा सोसल मिडियामा उनको फोटोसहित एउटा पोस्ट सेयर गरेका छन् । ऋतिकले यो पोस्टमार्फत् जीवनमा मुश्किल समयलाई कसरी ह्यान्डल गर्ने भनेर आर्यनलाई सिकाएका छन् ।

जीवन एउटा अचम्मको यात्रा हो : ऋतिक रोशन

ऋतिक रोशनले आर्यनको फोटो सेयर गर्दै लेखे, ‘मेरा प्रिय आर्यन । जीवन एउटा अचम्मको यात्रा हो । जीवनमा केही कुरा पनि निश्चित छैन र यही नै यसको राम्रो पक्ष हो । जीवनले कहिलेकाँही तपाईंको अगाडि निकै मुश्किल बल फ्याँक्ने गर्छ तर भगवान दयालु छन् । उनले सबैभन्दा बलिया व्यक्तिलाई नै सबैभन्दा मुश्किल बल खेल्न दिन्छन् । थाहा छ, तपाईंलाई त्यति बेला छनोट गरिन्छ जब तपाईं अराजकताका बीच यो दबाबलाई महसुस गरेर आफूलाई सम्हाल्न सक्नुहुन्छ । मलाई थाहा छ, यो तपाईंले महसुस गर्नुपर्छ । क्रोध, भ्रम, लाचारी, यी सबैले तपाईं भित्रको हिरोलाई बाहिर ल्याउनेछ । तर सावधान रहनुहोस्, यी सबै सामग्रीले नै एक असल व्यक्तिभित्रका दया, करुणा, प्रेमलाई मेटाउन पनि सक्छ ।’

गल्ती, असफलता, जीत, सफलता... सबै एक समान हुन्ः

ऋतिक रोशनले थपे, ‘आफूले आफैंलाई रन्काउनुहोस् । तर थोरै भएपनि... गल्ती, असफलता, जीत, सफलता... ती सब एक समान हुन्, यदि तपाईंलाई यीमध्ये कुन हिस्सा आफूसँग राख्ने र कुन हिस्सा आफ्नो अनुभवको आधारमा आफूभन्दा पर राख्ने भनेर थाहा छ भने । तर, तपाईंले के कुरा थाहा पाउनुपर्छ भने ती सबैका साथ तपाईंले आफूलाई उत्कृष्ट तरिकाले विकसित गर्न सक्नुहुन्छ । तिमीलाई एक बालक झैं देखिसकेकी छु र तिमीलाई एक युवाको रुपमा पनि देखेको छु । आफ्नो अनुभवबाट सिक ।’

यो समयले तपाईंलाई धेरै कुरा सिकाउनेछः

अभिनेताले लेखेका छन्, ‘तपाईंले जे जति अनुभव गर्नुहुन्छ, त्यसको तपाईं मालिक हुनुहुन्छ । ती तपाईंका उपहार हुन् । मलाई विश्वास गर्नुहोस् । म तपाईं बचन दिन्छु, यो समयले तपाईंलाई धेरै कुरा सिकाउने छ । तपाईंले शैतानको आँखामा हेर्नुछ र आफूले आफैंलाई शान्त राख्नुपर्छ । शान्त बस्नुहोस् । यो पलले तपाईंलाई भोलि बलियो बनाउनेछ । र भोलि एउटा शानदार सूर्य चम्किने वाला छ । तर यसका लागि तपाईंले अँध्यारोको यात्रा गर्नुछ । शान्त रहनुहोस्, स्थिर रहनुहोस् र आफूलाई स्वीकार गर । र आफू भित्रको प्रकाशमाथि विश्वास राख, जुन तपाईंभित्र सधैं रहिरहन्छ । लभ यू म्यान ।’

स्मरण रहोस्, ऋतिककी पूर्व श्रीमती सुजैनले पनि आर्यनको समर्थनमा एउटा पोस्ट गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप