प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे बोले सरकारका प्रवक्ता
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले रातोपाटीसँग भने ।
यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो । उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ । उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएको पनि बताए । ‘बिहान शीर्ष नेताबीच छलफल भएको छ । सकभर चाँडै मन्त्रिमण्डललाई पूर्णता दिन उहाँहरु सहमत नै हुनुहुन्छ’,कार्कीको भनाइ छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठकमा उनको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल